बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शिवशिखर सहकारीका अध्यक्ष शर्माले साढे ११ अर्ब बढी हिनामिना गरेको पुष्टि

शिवशिखर सहकारीका अध्यक्ष शर्माले साढे ११ अर्ब बढी हिनामिना गरेको पुष्टि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट मंगलबार पक्राउमा परेका शर्मासँगको बयानपछि साढे ११ अर्ब बढी रकम हिनामिना गरेको खुलेको हो।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसन सञ्चालक केदारनाथ शर्माले विभिन्न सहकारीमा बचत गरिएको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको पुष्टि भएको छ।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट मंगलबार पक्राउमा परेका शर्मासँगको बयानपछि साढे ११ अर्ब बढी रकम हिनामिना गरेको खुलेको हो। ११ असारमा नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याइएका शर्माले सीआइबीले आज सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढेको जानकारी गराएको छ।

शर्मासहितको समूहमाथि भक्तपुरको कौशलटारमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ३५ जिल्लामा सेवाकेन्द्र खोलेर १ लाख ६८ हजार ७२५ निक्षेपकर्ता सदस्यको  १० अर्ब ७७ करोड ७६ लाख रकम हिनामिना गरेको आरोप छ। 

मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ निक्षेपकर्ता सदस्यले १ अर्ब ५४ करोड ७५ लाख रकम सहकारीबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको सीआइबीले जनाएको छ। 

उक्त रकमको साँवाब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गाजमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको पाइएको सीआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

प्रकाशित: Jun 28, 2023| 15:09 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्