बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बूढीगण्डकी आयोजना यसै महिनाभित्र शिलान्यास : प्रधानमन्त्री प्रचण्ड

बूढीगण्डकी आयोजना यसै महिनाभित्र शिलान्यास : प्रधानमन्त्री प्रचण्ड

१ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना हो। 
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजना असारभित्रै शिलान्यास हुने बताएका छन्।

National life

प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आयोजनाको यसै महिनाभित्र कार्यालय स्थापना र शिलान्यास हुने जानकारी दिएका हुन्।

‘यसै महिनाभित्र बूढीगण्डकी परियोजनालाई अगाडि बढाउन कार्यालय उद्घाटन र शिलान्यास प्रक्रिया सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छु। यसै महिनाभित्र बूढीगण्डकी परियोजना अगाडि बढाउन नयाँ कार्यालय उद्घाटन हुन्छ,’ उनले भने।

१ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना हो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फास्ट ट्रयाकसँग जोडिएकोले आयोजना यथाशीघ्र अघि बढाउन सरकार तत्पर रहेको उनको भनाइ छ।

प्रकाशित: Jun 28, 2023| 14:53 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्