बुधबार, वैशाख ३०, २०८३

प्रतिनिधिसभाबाट पारित हुँदै बजेट

सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र बैंक ऋण उठाउने विधेयक आज पारित हुने कार्यसूची छ। गत १५ जेठमा अर्थमन्त्री महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रतिनिधिसभाबाट पारित हुन लागेको हो।

National life

उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेपछि कार्यान्वयनमा आउनेछ। सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।

चालू खर्चतर्फ ११ खर्ब ४१ अर्ब अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब  अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब ४३ अर्ब अर्थात् २.३७ प्रतिशतले घटेको छ। कुल बजेटमध्ये प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ  विनियोजन गरिएको छ। 

बजेटमा राजस्वबाट १२ खर्ब ४८ अर्ब, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड संकलन गर्ने लक्ष्य छ। राजस्व र अनुदानबाट अपुग हुने ४ खर्ब ५२ अर्ब ७५  करोड रुपैयाँ  आन्तरिक तथा बाह्य ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको छ। बजेटमार्फत सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर र ६.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। 

गत २३ जेठदेखि संसद्‍मा बजेटमाथिको छलफल चलेको थियो। बजेटको विनियोजन तथा कर प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिएका थिए। त्यसपछि विषयगत मन्त्रालयको विनियोजनमाथि छलफल चलेको थियो।
* शीर्षक सच्याइएको

प्रकाशित: Jun 28, 2023| 14:04 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्