बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट पारितमा नेकपा एसको समर्थन, मत नदिने जनमतको निर्णय

बजेट पारितमा नेकपा एसको समर्थन, मत नदिने जनमतको निर्णय

सत्तारुढ नेकपा एसले बजेट पारितका लागि पक्षमा मतदान दिने भएको छ भने जनमतले विपक्षमा मत दिने निर्णय गरेको हो।
 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीले बजेट पारित गर्न पक्षमा मत दिने निर्णय गरेको छ। आज बिहान बसेको पार्टी बैठकले बजेट पारित गर्ने पक्षमा मतदान दिने निर्णय गरेको हो।

National life

बजेटप्रति असन्तुष्ट रहँदै आएका पार्टी अध्यक्ष माधवकुमार नेपालले संशोधन नभए विपक्षमा मतदान गरिने बताएका थिए। प्रतिनिधिसभामा एकीकृत समाजवादीमा १० सांसद छन् भने सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्री छन्। यसअघि कांग्रेस, माओवादी केन्द्रलगायतले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्। 

सरकारको समर्थन गर्दै आएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने बजेट पारित गर्दा विपक्षमा मतदान गर्ने भएको छ। मधेस प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनमतले विपक्षमा मतदान गर्ने निर्णय गरेको अध्यक्ष राउतले बताए। संघीय संसदमा जनमत ६ सांसद छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबारको भेटमा बजेट संशोधनको प्रतिबद्धता आए पनि कार्यान्वयन हुने अवस्था नदेखिएकाले विपक्षमा मत दिने निर्णय भएको जनमतले जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने कार्यसूची छ। 
 

प्रकाशित: Jun 28, 2023| 12:21 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्