बुधबार, वैशाख ३०, २०८३

सबै भुक्तानी असार २४ भित्र गर्नुपर्ने

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेट तथा कार्यक्रमको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गर्नुपर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गर्दै २४ गतेभित्र भुक्तानी गरिसक्न निर्देशन दिएको हो।

National life

कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न निर्देशन दिएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिन अघि नै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने प्रावधन छ।

सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको हो। प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्।

संघ, प्रदेश तथा स्थानीय तहको भुक्तानी निकासाका सम्बन्धमा परिपत्र गरिसके पनि आर्थिक वर्षको अन्त्यमा धेरै भुक्तानी हुने प्रवृत्ति रोक्नमा महालेखाको भूमिका नहुने कार्यालयका प्रवक्ता शम्भुप्रसाद मरासिनीले बताए।

चालु आर्थिक वर्षमा भएको सिर्जना भएको भुक्तानी दायित्व आगामी वर्ष सर्न गएमा त्यसको व्यवस्थापनमा पनि महालेखाको भूमिका नरहने उनको भनाइ छ।

चालु आवमा भएको खर्चको भुक्तानी असार २४ गतेभित्र हुन नसकेर आगामी आवको बजेटबाट भुक्तानी गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवार सम्बन्धित कार्यालय र लेखा अधिकारी उत्तरदायी हुने मरासिनीले बताए। 

प्रकाशित: Jun 27, 2023| 21:12 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्