बुधबार, वैशाख ३०, २०८३

थप सात स्थानमा औद्योगिक ग्राम बनाउने सरकारको निर्णय

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

National life

काठमाडौं- सरकारले देशका थप सात स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लामा ७ औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाई नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ। यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछन्।

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: Jun 27, 2023| 19:28 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्