बुधबार, वैशाख ३०, २०८३

जुम्लाका सबै पालिकाले ल्याए आगामी वर्षको बजेट

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

जुम्ला- जुम्लाका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन्। ती सबै पालिकाले अर्गानिक रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारसम्मका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन्।  

National life

सिञ्जा गाउँपालिकाले आव २०८०-८१ का लागि ३७ करोड ३९ लाखको बजेट ल्याएको छ। बाह्रौँ गाउँसभामा  वडाध्यक्ष शुरबहादुर रावलले उक्त बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरेको हो। 

यस्तै तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि ४४ करोड ९३ लाखको बजेट ल्याएको छ।  उपाध्यक्ष गोरीकला बुढाका अुसार कृषि, पशु विकास, लघुउद्यम विकास तथा गरिबी निवारण कार्यक्रम, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सिँचाइ, जलविद्युत् र सञ्चारलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ।

जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि रु ५५ करोड ११ लाखको बजेट ल्याएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्। नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको छ। 

यसैगरी हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजारको बजेट ल्याएको अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए। यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार र स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्।

प्रकाशित: Jun 28, 2023| 04:31 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्