बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उड्डयनमन्त्री किराँतीलाई स्पष्टीकरण नदिने क्यान महानिर्देशक अधिकारीको अडान

उड्डयनमन्त्री किराँतीलाई स्पष्टीकरण नदिने क्यान महानिर्देशक अधिकारीको अडान

अधिकारीले आफूलाई किराँतीले क्यानको महानिर्देशक नियुक्त नगरेकाले मन्त्रिपरिषद्लाई मात्रै स्पष्टीकरण दिने अभिव्यक्ति सार्वजनिक गरेका हुन्। 
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनमन्त्री सुदन किराँतीले आफूलाई सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ नदिने स्पष्ट पारेका छन्।

National life

प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भइसकेको अवस्थामा अधिकारीले त्यसविपरीतका धारणा राख्दै हिँडेको फेला परेपछि स्पष्टीकरण सोध्नुपरेको मन्त्री किराँतीको दाबीपछि अधिकारीले यस्तो बताएका हुन्। अधिकारीले आफूलाई किराँतीले क्यानको महानिर्देशक नियुक्त नगरेकाले  मन्त्रिपरिषद्लाई मात्रै स्पष्टीकरण दिने अभिव्यक्ति दिएका छन्। 

किराँतीले रामेश्वर थापाको सिम्रिक एअरलाई काभ्रेमा निजी हेलिप्याड बनाउन सहमति दिने निर्णय गरेका थिए। उक्त निर्णयप्रति क्यानका महानिर्देशक अधिकारीले असहमति राख्दै आएका थिए। अधिकारीले सिम्रिक एअरलाई कुनै हालतमा हेलिप्याड निर्माण गर्न नदिने अडान राखेपछि मन्त्री किरातीले विभिन्न ९ बटा बुँदा राखेर स्पष्टीकरण सोधेको बताइन्छ। 

महानिर्देशक अधिकारीले समाजिक सञ्जालमार्फत विभागीय मन्त्रीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिन आफू बाध्य नभएको प्रतिक्रिया दिएका छन्। अधिकारीले तत्कालै सिम्रिक एयरलाई काभ्रेको बनेपा नगरपालिका–१४ राउतगाउँको माथिल्लो भाग इटापुडाँडामा हेलिप्याड निर्माण गर्न दिइएको सैद्धान्तिक सहमतिलाई आजै रोक्ने बताएका छन्।

किरातीले अधिकारीलाई महानिर्देशक भई आएपछि ५ वटा विमान दुर्घटना भएकाले उड्डयन सुरक्षा प्रभावकारी बनाउन असफल भएको, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)ले २०२२ मा गरेको उडान सुरक्षा अडिटविपरीत कार्यात्मक विभाजन गरेको, पोखरा र भैरहवा विमानस्थल सञ्चालन गराउन नसकेकोलगायत विषयमा स्पष्टीकरण सोधेका छन्।

प्रकाशित: Jun 27, 2023| 16:20 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्