शुक्रबार, साउन २३, २०८२

चिनियाँ खर्बपति ज्याक मा नेपाल भ्रमणमा

ज्याक मासहितका सात जना चिनियाँ सवार चार्टर्ड विमान त्रिवि विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ताद्वारा पुष्टि। 
 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet


काठमाडौं– व्यापारिक कम्पनी अलिबाबाका संस्थापक चिनियाँ खर्बपति ज्याक मा विशेष चार्टर्ड विमानमार्फत काठमाडौं आएका छन्। 

ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाए पनि उनको विमान जापानबाट काठमाडौं अवतरण भएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताए।

ज्याक मासहितका सात जना चिनियाँ सवार चार्टर्ड विमान त्रिवि विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पुष्टि गरे। एसियाकै धनाढ्य ज्याक मा पछिल्लो समय जापान बस्दै आएका छन्।

वास्तविक नाम मा युङ रहेका ज्याक मा अलिबाबा समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन्।

प्रकाशित: Jun 27, 2023| 15:26 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्