बुधबार, वैशाख ३०, २०८३

सेयर बजारमा आज पनि उछाल

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं- सेयर बजार परिसूचक (नेप्से) ५६.९४ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि नै नेप्से बढेको छ। आइतबार ६२ अंकले बढेको नेप्सेमा हिजो सोमबार ११.६९ अंकको सुधार आएको थियो।

National life

आज नेप्से परिसूचक साढे ४ महिनायताकै उच्च विन्दु २१८६.३६ अंकमा पुगेको छ। यसअघि गत माघ २६ गते २१८२.६३ सम्म पुगेको थियो।

आज सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ। २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

३३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी अन्य १० स्टकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज ३७ स्टकको मूल्य घटेको छ। १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक आज घटेका छन्।

कारोबार रकमका आधारमा आज स्वावलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, शिवम् सिमेन्ट्स र सोल्टी होटलको २२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित: Jun 27, 2023| 15:08 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्