बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधियो ९ बुँदे स्पष्टीकरण

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधियो ९ बुँदे स्पष्टीकरण

चालू आवको बजेटमा प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भइसकेको अवस्थामा अधिकारीले त्यसविपरीतका धारणा राख्दै हिँडेको फेला परेपछि स्पष्टीकरण सोध्नुपरेको किराँतीको प्रस्टीकरण।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधिएको छ। विभागीय मन्त्री सुदन किराँतीले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार ७ दिनभित्र जवाफ पेस गर्नैपर्ने समय दिएर महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधेका हुन्।

National life

चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भइसकेको अवस्थामा अधिकारीले त्यसविपरीतका धारणा राख्दै हिँडेको फेला परेपछि स्पष्टीकरण सोध्नुपरेको किराँतीले बताएका छन्।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपा असफल रहेको किन मान्नु नपर्ने?’ भनेर प्रश्न सोधेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थाबारे पनि अधिकारी नै जिम्मेवार हुनुपर्ने आशयको प्रस्टीकरण सोधिएको छ।

प्रकाशित: Jun 27, 2023| 12:53 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्