आइतबार, असार २८, २०८३

बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप 

प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई आगामी आर्थिक वर्षको बजेट पारित हुने दिन १३ असारमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। बुधबार बजेट पारित गराउने सरकारको तयारी छ।

मंगलबार प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।

बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदै छ।

बजेटमा सत्तारुढ दलकै सांसदले असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेकपा एस र जसपाका शीर्ष नेताहरुले बजेट संशोधन हुनुपर्ने अन्यथा पारित गर्न नदिइने चेतावनी दिइसकेका छन्।

आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोटमा पैसा खन्याइएको दाबी गर्दै सत्तारुढ दलभित्रैबाट विरोध भइरहेको छ।

केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एसका नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले भेटेर बजेट संशोधनको माग गरेका थिए।

प्रकाशित: Jun 27, 2023| 11:23 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्