शुक्रबार, साउन २३, २०८२

सहकारी ठगी प्रकरणः शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार रहेका भक्तपुरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्षलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet

काठमाडौं– सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए।अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए। शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए।

दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्ममा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ।बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइबीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए।

सूचना जारी गरी सिआइबीले भक्तपुरमा कार्यालय भई काठमाडौं, ललितपुरका विभिन्न क्षेत्रको सेवाकेन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ।

प्रकाशित: Jun 27, 2023| 10:39 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्