मंगलबार, चैत १७, २०८२

पीपीएल : पोखरा टस जितेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा-पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत घरेलु टोली पोखरा पल्टन टस जितेर एक्स्पर्ट धनगढीविरुद्ध ब्याटिङ गर्दै छ । 

शरद भेषवाकरको पोखराविरुद्ध दिपेन्द्र सिंह ऐरीको धनगढीका लागि यो खेल गर या मरको स्थितिमा हुनेछ । दुवै टोलीको जित हुने लक्ष्यका साथ मैदान उत्रिदा खेल रोमान्चक बन्ने अनुमान गरीएको छ । 

धनगढीको यो लिग चरणको अन्तिम खेल हो । त्यसैले प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ । ४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्नेछ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ । 

यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ । यस खेलमा धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ । 

पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । त्यसैले पोखरा आफुलाई पुर्ण रुपमा जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।