मंगलबार, चैत १७, २०८२

ब्रुएन पुनः मैदान बाहिर रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इंग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएन पुनः मैदान बाहिर रहने भएका छन् । बिहिबार राति भएको काराबाओ कप फुटबलको दौरान घाइते भएपछि प्ले मेकर ब्रुएन मैदान बाहिर रहने भएका हुन् । 

बेल्जियमका २७ बर्षे ब्रुएन यसै साता मात्र मैदान फर्किएका थिए । घुँडाको लिगामेन्ट इन्जुरीका कारण ब्रुएन दुई महिना मैदान बाहिर रहेका थिए । इन्जुरीबाट मुक्त भएपछि सिटीका लागि ब्रुएनको यो दोस्रो खेल थियो । तर, मैदानमा पूर्ण रुपमा जम्न नसक्दै ब्रुएन घाइते भएका छन् ।

घरेलु मैदानमा भएको उक्त खेलमा फुलहमलाई सिटीले २-० ले हराउदा ब्रुएन घाइते भएका थिए ।  सिटीको जितमा उनले निकै उत्कृष्ट प्रदर्शन समेत गरेका थिए ।

 तर, खेलको ८६ औं मिनेटमा ब्रुएन मैदानबाट बाहिरिएका थिए । उनको इन्जुरीबारे मेडिकल रिपोर्टपछि मात्र जानकारी हुने बताईएको छ । ‘उनको इनजुरी बारे चेकजाँच भइरहेको प्रशिक्षक पेप ग्वार्डीवालाले बताएका छन् । उनको इन्जुरी सामान्य पनि हुन सक्ने क्लबले बताएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।