बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विज्ञापन बजार विस्तार गर्न मेटाको नेपालमा आधिकारिक प्रतिनिधि

विज्ञापन बजार विस्तार गर्न मेटाको नेपालमा आधिकारिक प्रतिनिधि

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी–मेटाले नेपालमा ‘एचटीटीपूल बाइ एलेफ’लाई आधिकारिक प्रतिनिधिका रुपमा चयन गरेको छ। यसै साता सोल्टी होटलमा आयोजित कार्यक्रमका बीच ‘एचटीटीपूल बाइ एलेफ’लाई आधिकारिक प्रतिनिधिका रुपमा चयन गर्दै मेटाले विज्ञापन सम्बन्धी कार्यशाला समेत सम्पन्न गरेको हो।

National life

नेपालमा मेटाको आधिकारिक प्रतिनिधिको आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरु र एजेन्सीहरुलाई व्यापार विस्तार, आन्तरिक सर्मथन, रणनीतिक मार्गदर्शन, रणनीतिक मार्गदर्शन, क्रस–बोर्डर बिलिङ्ग र मेटाका अन्य उत्पादन प्रयोगमा सहयोग मिल्नेछ।

विश्व डिजिटलाइज भएसँगै डिजिटल प्रयोगकर्ताहरुको सङ्ख्या ह्वात्तै बढेको छ। जसकारण नेपालमा पनि डिजिटल विज्ञापनको वातावरण सिर्जना हुँदै गएको छ। मेटाको सम्पर्क कार्यालय नेपालमा स्थापना भएसँगै यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरुका लागि अन्तराष्ट्रिय तथा राष्ट्रिय दुवै भाषामा सेवा उपलब्ध गराउनेछ।

एचटीटीपुल बाइ एलेफका प्रबन्ध निर्देशक सन्नी नागपालले कम्पनीले नेपालको लागि आधिकारिक पुनर्विक्रेताको रूपमा विज्ञापनदाताहरूलाई आन्तरिक सहयोग र मार्गदर्शन प्रस्तुत गर्ने बताएका छन्। विज्ञापनदाताहरूलाई नयाँ सीपहरू सिक्न मद्दत गर्ने र मेटाले प्रदान गरेको सुबिधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशालाहरू र प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रकाशित: Jun 26, 2023| 21:10 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्