बुधबार, वैशाख ३०, २०८३

टीभीएसको अफर ‘नयाँ सफर विना कर’

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- टीभीएसले नयाँ खरिदकर्ताहरूलाई लक्षित गरि ‘नयाँ सफर विना कर अफर’ सार्वजनिक गरेको छ।

National life

यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को एक वर्षको सडक कर टीभीएस आफैले तिर्नेछ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ। जसले गर्दा प्रयोगकर्ताहरू दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन्।
यस बाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर १५० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मष्तिष्कमा उच्च स्थान जमाउन सफल भएको छ।​

गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित बन्न पुगेको कम्पनीको दाबी छ।

 

प्रकाशित: Jun 26, 2023| 19:47 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्