आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम

ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- ग्लोबल आईएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४ सय जना कर्मचारीहरूलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिइएको छ।

ती कर्मचारीहरूलाई ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहकार्यमा उक्त तालिम दिइएको हो।

तालिममा विशेष गरी आईएफसी परफर्मेन्स स्टयान्डर्ड्स र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको बैंकले जनाएको छ। कार्यक्रममा आईएफसीका वातावरण तथा सामाजिक जोखिमविज्ञहरूले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासनलगायतका विषयहरूमा दिइएकाले बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने बैंकको विश्वास छ।

 

प्रकाशित: Jun 26, 2023| 18:17 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्