बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टिएम–१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल भित्रिँदै

टिएम–१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल भित्रिँदै

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम ए डब्लु वृद्धिले साथ टिएम–१ सिंगल क्याब (कार्गो पिकअप ट्रक ) लन्च गर्ने तयारी गरेको छ।

National life

नेपालमा उपलब्ध हुने इलेक्ट्रिक टिएम–१ इभी ट्रक विशेष गरी नेपाली बजारको लागि डिजाइन गरिएको हो। नेपालको चुनौतीपूर्ण भू–भागमा विगत २–३ महिनामा व्यापक सफल परीक्षणहरू पार गरिसकेपछि, टिएम–१ एक बजार परिवर्तकको रूपमा उभिएको छ, जसले यसको उपभोक्ताहरुलाई पर्याप्त बचत प्रदान गर्दै असाधारण प्रदर्शन प्रदान गर्दैछ।

तिन महिना लामो परिक्षणको समयमा नेपालको बिभिन्न प्रकारको बाटोमा क्षमता प्रमाणित गर्दै नेपालको बाटोको लागि उपयुक्त भएको विस्वस्त भएपछि नेपालमा लन्च गर्न लागेको कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिएका छन्। केहि ड्राइभरहरुमा हामीले कुरा गरे अनुसार परिक्षणको क्रममा ड्राइभरले कार चलाएको फिल गरेको वताए , कमर्सियल गाडीमा यति कम्फर्ट र लक्जरी फील पहिलो पटक नेपालमा फिल गरेको जनाएका छन्। १२५० पन लोड क्यापासिटी र सिंगल चार्जमा २८० फ रेन्ज साथै नेपाली बजारमा लामो समय परिक्षणको नतिजा स्वरूप सम्पूर्ण लाभ नेपाली व्यबसायीले लिन पौने छन्।

अति कम खर्चमा बढी आम्दानी आम्दानी सहित व्यबसायीको जीवनमा आमुल परिवर्तन आउने कुरामा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि विस्वस्त रहेको विज्ञप्तिमा जनाएको छ। फोटोनको टिएम–१ ले नेपालको अटोमोटिभ उद्योगमा एक उल्लेखनीय कोसेढुङ्गा हो, जसले दिगो यातायात समाधानहरू प्रति कम्पनीको प्रतिबद्धता देखाउँछ। यस ग्राउन्ड ब्रेकिङ इनोभेसनको साथ फोटोनले नेपालमा विद्युतीय ट्रकिङको अनुभव गर्ने तरिकामा आमुल परिवर्तन गर्दैछ, राष्ट्रलाई हरियाली र थप समृद्ध भविष्यतर्फ डोर्याउँदैछ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक तथा डिजेल गाडी बिक्रि गर्दै आइरहेको छ। इलेक्ट्रिक १४ र १५ सिटर प्यासेन्जर भ्यान, कार्गो भ्यान, औमार्क इलेक्ट्रिक तथा फोटोन लाइट डिउटी ट्रक नेपालमा बिक्रि भैरहेका फोटोन मोटर्सका इलेक्ट्रिक गाडीहरु हुन्।

 

प्रकाशित: Jun 26, 2023| 19:17 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्