बुधबार, वैशाख ३०, २०८३

कर्पोरेट पेमार्फत जेठमा ५० अर्बभन्दा बढीको कारोबार

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु ५० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। यो सञ्चालन भएको माघ २०७७ महिनादेखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो।

National life

गत आर्थिक वर्ष  कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने रु ४२१ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्योट भइसकेको छ।

बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रूपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार सङ्ख्या दुई गुणाले वृद्धि भएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 26, 2023| 17:30 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्