बुधबार, वैशाख ३०, २०८३

बतास एमएडब्लुको सीईओमा अग्रवाल नियुक्त

अग्रवालले कर्पोरेट र अटोमोबाइल क्षेत्रमा कुशल व्यवस्थापकको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं– बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपक अग्रवाल नियुक्त भएका छन्। कम्पनीले अग्रवाललाई १० असारदेखि सीईओमा नियुक्त गरेको हो।

National life

एक महिनाअघि मात्र अग्रवालले टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीईओबाट राजीनामा दिएका थिए। अग्रवालले कर्पोरेट र अटोमोबाइल क्षेत्रमा कुशल व्यवस्थापकको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

अग्रवाल जगदम्बा मोटर्स छिर्दा कम्पनीले बिक्री गरिरहेको ब्रान्ड महिन्द्रा टु ह्वीलर्स मात्रै थियो। अग्रवालले टीभीएसमा ८ वर्ष काम गरेका थिए।

अहिले टीभीएस नेपाली बजारमा दोस्रो दुईपांग्र्रेमा स्थापित छ।  जगदम्बाले फो ह्वीलर्स पनि बिक्री गर्दै आएको छ। अग्रवालसँग त्यसको पनि अनुभव छ।
टाटापछि बतास एमएडब्लु नेपालमा कमर्सियल गाडी बिक्रीका हिसाबले दोस्रो स्थानमा रहेको अग्रवालको दाबी छ।

राम्रो र स्थापित ब्रान्ड भएकाले पनि आफूले सीईओको जिम्मेवारी लिएको अग्रवालले बताए। ‘अब यसलाई कमर्सियल सवारीसाधनको बजारमा नम्बर एक बनाउने हाम्रो योजना छ,’ अग्रवालले भने, ‘मैलेभन्दा पनि यसमा टिमवर्क हुन्छ।’

भारतको भोल्भो आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अग्रवाल नियुक्त भएका हुन्।

अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्यसमेत हुन्। कम्पनीले नेपाली बजारमा भोल्भो आइसरका ट्रक तथा बस बिक्री गर्दै आएको छ।

प्रकाशित: Jun 26, 2023| 13:12 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्