मंगलबार, चैत १७, २०८२

एमबाप्पेले दुई पटक गोल्डेन ब्वाइजको उपाधि जित्लान ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी-  फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पेले पहिलो पटक दुई पटक गोल्डेन ब्वाइजको उपाधि जित्दै नयाँ किर्तीमान बनाउन सक्ने छन् । एमबाप्पे यस बर्षको गोल्डेन ब्वाइज उपाधिका लागि २० खेलाडी भित्र समेटिएका छन् ।
 
२१ बर्ष मुनिका युरोपका सर्वश्रेष्ठ खेलाडीलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । मनोनित भएका २० खेलाडीलाई ३० जना युरोपियली सञ्चार माध्यमका प्रत्रकारहरुले मतदान गर्ने छन् । 

एमबाप्पेले पहिलो पटक उक्त पुरस्कार २०१७ मा जितेका थिए । यस अवार्डका लागि उनको यो दोस्रो पटकको सहभागिता हो । अहिले सम्म कुनै पनि युरोपका खेलाडीले गोल्डेन ब्वाइज अवार्ड दुई पटक जितेका छैनन् । 

विश्वकप विजेता एमबाप्पेले लिभरपुलका सेन्टर ब्याक ट्रेन्ट एलेकजान्दर अर्नोल्डसँग प्रतिस्पर्धा गर्ने छन् । जुन यस उपाधिका लागि मनोनित समेत भएका छन् । २०१५ मा एन्थोनी मार्शलले जितेका थिए भने २०१६ मा बायर्न म्युनिखका रेनाटो सान्चेजले जितेका थिए । 

त्यस्तै यो अवार्ड रहानी स्टेलर््िङ, पाउल पोग्वा, इस्को, मारिओ गोट्जे र मारिओ बालोटेलीले जितेका छन् । २००३ मा राफेल भान डेरले जित्दा २००४ मा वाने रुनीले जितेका थिए । त्यसको अर्को बर्ष २००५ मा लियोनल मेस्सीले जितेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।