शुक्रबार, भदौ ५, २०८३

देउवालाई संविधान र विधानको प्रति बुझाइयो

कांग्रेस नेता रञ्जीत कर्णसहितको टोली देउवालाई संविधान र विधान बुझाउन बूढानीलकण्ठ पुगेको थियो।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौँ– क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसको विधान र संविधानको प्रति बुझाएका छन्। बिहीबार सभापति देउवाको निवासमा पुगेर नेताहरूले ज्ञापनपत्र सहित विधान र संविधानको प्रति बुझाएका हुन्। 

कांग्रेस नेता रञ्जीत कर्णसहितको टोली देउवालाई संविधान र विधान बुझाउन बूढानीलकण्ठ पुगेको थियो।देउवाको निवासमा केन्द्रीय समिति बैठक बस्नुअघि कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। क्रियाशील सदस्यताकै विषयलाई लिएर पार्टी कार्यालय सानेपामा धर्ना चलिरहेकाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि देउवा निवासमा नै राखिएको हो। 

प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। विरोध कार्यक्रमको अगुवाइ रञ्जित कर्णले गरेका छन्। आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले बिथोलिएको महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गर्ने तयारी छ। तर पौडेल समूहले भने  ‘फास्ट ट्रयाक’बाट भए पनि भदौमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ।

संस्थापन पक्षले भने आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

प्रकाशित: Aug 12, 2021| 16:01 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...