बुधबार, वैशाख ३०, २०८३

ललितपुर महानगरले ल्यायो ६ अर्ब बढीको बजेट

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आइतबार सार्वजनिक गरेको छ। महानगरको तेस्रो नगरसभामा उपप्रमुख मन्जली शाक्यले ६ अर्ब ५० करोड ५ लाख ८८  हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

National life

चालुतर्फ ४ अर्ब २१ लाख ४६ हजार र पुँजीगततर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आगामी वर्ष प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक शौचालय बनाइने, अपांगतामैत्री फुटपाथ निर्माण, साइकल लेन, स्मार्ट सडक बत्ती जडान, सीसीटीभी र ट्राफिक लाइट जडान गरिने महानगरले उल्लेख गरेको छ।

हस्तकला प्रवर्द्धनका लागि कोसेली घर बनाइने र सहुलियतपूर्ण कर्जाका लागि बिउ पुँजीको व्यवस्था अगाडि सारिएको छ। त्यस्तै विपद् व्यवस्थापनका लागि महानगरले ‘पाटन सिटी डज नट सिलिप’को अवधारणा ल्याएको छ।

त्यसैगरी वातावरण प्रहरीको सुरुवात, विद्युतीय गाडी खरिदकर्तालाई राजस्व छुट, सिक्दै काम गर्दै, पढ्दै कमाउँदै अवधारणाअन्तर्गत पार्टटाइम कामको व्यवस्था गरिने बजेटमा उल्लेख छ।

‘जनताको कर, जनतालाई खबर’ कार्यक्रममार्फत महानगरका हरेक गतिविधि नागरिकमाझ सम्प्रेषण गरिनेलगायत कार्यक्रम ल्याइएको छ।

प्रकाशित: Jun 25, 2023| 16:42 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्