बुधबार, वैशाख ३०, २०८३

सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेले २ हजार १ सय अंक नाघेको छ। बजार खुलेदेखि नै उकालो लागेको नेप्से बन्द हुँदा अघिल्लो कारोबार दिनको तुलनामा ६२ अंक बढेर २१ सय १७ अंक कायम भएको छ।

National life

आज बजारका सबै उपसमूह बढेका छन्। बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत ४६, जीवन बिमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बिमा ६६६, अन्य ७९ र व्यापार १३१ अंक बढेको छ। कारोबार रकम पनि बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

कुल १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को स्थिर रहृयो। लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे।

 

प्रकाशित: Jun 25, 2023| 15:28 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्