बुधबार, वैशाख ३०, २०८३

यस्तो छ काठमाडौं महानगरको बजेट [पूर्णपाठ]

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार राष्ट्रिय सभागृहमा महानगरको २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगर उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्।

National life

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, नि:शर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्।

उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ। महानगरले आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस्तो छ बजेट

प्रकाशित: Jun 25, 2023| 13:43 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्