बुधबार, वैशाख ३०, २०८३

स्थानीय तहको बजेट आज

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहले आज बजेट प्रस्तुत गर्दैछन्। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ।

National life

सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्। बाँकी ७४३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्नेछन्।
कोसी प्रदेशका दुई, मधेस प्रदेशका एक, वाग्मती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका दुई गरी १० स्थानीय तहले बजेट ल्याइसकेका छन्।

संघबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ। संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्सत अनुदान, समपूरक विशेष अनुदान छुट्ट्याएको हुन्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्यांकनमा एक सूचक मान्ने गरेको छ।

प्रकाशित: Jun 25, 2023| 09:10 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्