बिहीबार, साउन २२, २०८२

बाल मृत्युदर उल्लेख्य घटेको प्रतिवेदन सार्वजनिक

सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा ११८ को मृत्यु हुने गरेकामा २०२३ मा आइपुग्दा ३३ जनाको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सर्वेक्षण प्रतिवेदनमा उल्लेख। 
 |  शनिबार, असार ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

vianetvianet


काठमाडौं– नेपालमा बालमृत्युदर न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले बाल मृत्युदर घटेको देखाएको छ। 
सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा ११८ को मृत्यु हुने गरेकामा अहिले आएर ३३ मात्र मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ। नवजात शिशु मृत्युदर पनि प्रतिएक हजारमा ७८ बाट घटेर २१ मा पुगेको छ। 
पाँच वर्षमुनिका बालमृत्युदर भौगोलिक क्षेत्रअनुसार फरक रहेको छ। पहाडी क्षेत्रमा प्रतिएक हजारमा ३१ र हिमाली क्षेत्रमा १ हजारमा ५५ जना रहेका छन्। यस्तै, गण्डकी प्रदेशमा प्रतिहजारमा २३ र सुदूरपश्चिम प्रदेशमा १ हजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ। 
सर्वेक्षणअनुसार पुड्कोपना पनि घटेको पाइएको छ। सन् १९९६ मा ५७ प्रतिशत पुड्कोपन रहेकामा अहिले २५ प्रतिशतमा झरेको छ। यसैगरी ७१ प्रतिशत जीवित बच्चा स्वास्थ्य संस्थामा जन्मिने गरेका छन्। तीमध्ये ६२ प्रतिशत सरकारी अस्पतालमा जन्मिने गरेको पाइएको छ। 
सर्वेक्षणले १९ प्रतिशत बालबालिका अझै पनि घरमै जन्मिने गरेको सर्वेक्षणमा देखाइएको छ। घरमा बच्चा जन्माउनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ३२, कर्णाली प्रदेशमा २४ र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ। 
यसैगरी १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट हुने गरेको छ। शल्यक्रियाबाट बच्चा जन्माउने बढी माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत महिला रहेका छन्। यस्तै, सम्पन्न परिवारका ३८ प्रतिशत महिला र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले पनि शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन्। 
सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको र एक प्रतिशतले अझै पनि जन्मदर्ता नगरेको पाइएको छ।

प्रकाशित: Jun 24, 2023| 14:09 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्