मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • दार्चुलाबाट 'एसईई' उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आएका विद्यार्थीहरुलाइ सम्पर्क मन्चद्वारा सम्मान

दार्चुलाबाट 'एसईई' उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आएका विद्यार्थीहरुलाइ सम्पर्क मन्चद्वारा सम्मान

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

काठमाडौं-नेकपा 'एमाले' दार्चुला–काठमाण्डौ सम्पर्क मन्चले एसईई '२०८१' मा उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। शनिबार काठमाण्डौको विजुली बजार स्थित प्रदेश सम्पर्क मन्चको कार्यालयमा एक कार्यक्रमको बीच एसईईमा उत्तिर्ण भइ उच्च शिक्षा हासिल गर्न दार्चुलाबाट राजधानी अएका २० जना विद्यार्थीलाई बधाई तथा शुभकामना ज्ञापन गरि सम्मान गरेको छ।

National life

FB_IMG_1754201791405-1754202036.jpg
 

नेकपा एमाले दार्चुला–काठमाण्डौँ सम्पर्क मन्चका अध्यक्ष उपेन्द्र सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, दार्चुला ईन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै केन्द्रीय कमिटी सदस्य कल्पना थापा, हरदेव जोशी र प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामी,लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ।

FB_IMG_1754201743781-1754202072.jpg
 

कार्यक्रमका अतिथिहरूले उच्च शिक्षा हासिल गर्न काठमाडौं प्रवेश गरेका विद्यार्थीहरुकोको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै एसईई '२०८१' मा उत्तिर्ण २० जना विद्यार्थीहरुलाई खादा र सम्मानपत्र प्रदानगरि सम्मान गरेका थिए।

kumari

FB_IMG_1754201770788-1754202101.jpg
 

प्रकाशित: Aug 03, 2025| 12:07 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्