बिहीबार, असार ४, २०८३

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

National life

३८.८३ विद्यार्थी भने ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत २१ वैशाखदेखि भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

यस वर्ष गत वर्षभन्दा कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले नतिजा जारी भएको जानकारी दिँदै विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताएका छन्।

यस्तै उनका अनुसार आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने छ।

Shivam cement

प्रकाशित: Aug 04, 2025| 18:52 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्