शुक्रबार, असार ५, २०८३

अखाद्य वस्तु खाँदा दुई जनाको ज्यान गयो, दुई बिरामी

अखाद्य वस्तु खाँदा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको हो।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

बर्दिया– बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।

साथै, तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन्।

उनीहरुलाई गए राती नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ बोहराले बताए।

प्रकाशित: Jun 24, 2023| 13:25 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्