पोखरा- पेखरामा जारी पोखरा पिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता अन्तरगत दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजले दोस्रो जित निकालेको छ । धनगढीले सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै दोस्रो जित निकालेको हो । यस जितसँगै धनगढीले प्ले अफमा जाने सम्भावना बलियो बनाएकोछ ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढीका लागि कप्तान ऐरी र ड्यानियल लरेन्सले अर्धशतकीय पारी खेले पछि बुटवलाई २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रनको लक्ष्य सुम्पेको थियो । बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र १ सय ४१ रन जोड्न सक्यो ।
बुटवलका लागि चिराग सुरीले अर्धसतकिय पारी खेले । उनले १२ चौका र एक छक्का प्रहार गर्दै ७९ रन जोडेका थिए । त्यस्तै सागर पुनले २०, सिद्धान्त लोहनी र सोमपाल कामीले १२-१२ रन जोडे ।
ध्नगढीका लागि सागर ढकालले दुई तथा डान लाउरेन्स र कमलसिंह ऐरीले समान एक एक विकेट लिए ।
यसअघी खराब सुरुवात गरेको धनगढीका लागि दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले चौथो विकेटको लागि १ सय ८ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्र रनमा ५६ नटआउट रहे । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लरेन्स ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन जोडे ।
त्यस्तै पिटर ट्रेगोले १४ तथा ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०-१० रन जोडे । बुटवलका लागि विपीन खत्रीले २ विकेट लिए । रोहन मुस्ताफा र अविनाश बोहराले १ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४