बुधबार, वैशाख ३०, २०८३

चट्याङ लाग्दा ४५ भेडा मरे, ११ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण पालिका–३ ठाडाका छकबहादुर पुनको फुर्केरुख खर्कमा पालिएका ४५ भेडा चट्याङ लागेपछि मरेका हुन्।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।

National life

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेको जानकारी दिए।

‘बहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौं’, उनले भने, ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।’

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए। ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: Jun 24, 2023| 11:06 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्