शुक्रबार, असार ५, २०८३

झरीले रुझ्यो काठमाडौं, देशभर के छ अवस्था ?

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं- काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोसम्मै वर्षा हुने सम्भावना छ। 

National life

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसैगरी राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैबीच मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ। कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ। त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन नेपाल फ्लड अलर्टले जनाएको छ। 

कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ। मोदी खोला, मार्दी खोलालगायत सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ। हिजोबाट मनसुन देशभर फैलिएको छ। यो वर्ष औसत समयभन्दा एक दिन ढिलो गरी मनसुन देशभर फैलिएको हो। जेठ ३१ गते यो वर्ष मनसुन नेपाल भित्रिएको थियो। 

Shivam cement

प्रकाशित: Jun 24, 2023| 08:29 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्