बिहीबार, साउन ७, २०८३

साफ यू-१५ बाट नेपाल बाहिरियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चौथो संस्करणको साफ यू-१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा आयोजक नेपाल पाकिस्तानसँग पराजित हुँदै प्रतियागिताबाट बाहिरिएको छ । सेमिफाइनलमा पाकिस्तानसँग ४-० गोल अन्तरले पराजित हुँदै प्रतियागिताबाट बाहिरिएको हो । 

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा चार गोल खान पुग्यो । खेलको ५३ मिनेटमा इफ्तिखर अहमेदको गोलबाट अग्रता लिएको पाकिस्तानले खेलको ५९ औं, र ६९ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता तेब्बर बनाएको थियो । यि दुबै गोल पाकिस्तानि खेलाडी पोहिब उल्हाले गरेका हुन् ।

नेपालका जान लिम्बुले डि बक्स भित्र फाउल गरे पछि पाकिस्तानले पहिलो  पेनाल्टी पाएको थियो । त्यस्तै निवस पुयालको ट्याकलबाट अर्को पेनाल्टी पाउदै गोलमा परिणत गरेको थियो । त्यस्तै खेलको ७८ मिनेटमा गोल पाकिस्तानका मोइन अहमेद थप एक गोल गर्दा नेपाल ४-० ले पराजित भएको हो । 

शुरुवत देखिनै दवावमा रहेको नेपाले खेलको मध्य तिर केहि सुधार ल्याए पनि गोल भने गर्न सकेन । अव पाकिस्तानले बंगलादेशविरुद्ध फाइनल खेल खेल्ने छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।