शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दोभानदेखि मेरिङदेनको गाउँपालिका केन्द्रसम्म तीन वर्षमा सडक कालोपत्र हुने

दोभानदेखि मेरिङदेनको गाउँपालिका केन्द्रसम्म तीन वर्षमा सडक कालोपत्र हुने

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

National life

बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई गौरवको योजनाका रुपमा लिइएको जनाएको छ। कालोपत्रका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ। उक्त सडक खण्डको स्तरोन्नतिका लागि संघीय सरकारले समेत केही बजेट दिएकाले मद्दत मिलेको हो।

अपुग बजेट व्यवस्थापनका लागि पुनः सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हांगामले बताए। सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो।

यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिका भित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवतजावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ। यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ।

शेर्पा समुदायको बाहुल्यत रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ। गाउँपालिकाले १३औँ गाउँसमामार्फत बिहीबार रु ४४ करोड पाँच लाख ८३ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गरेको थियो।
 

Shivam cement

प्रकाशित: Jun 23, 2023| 22:41 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्