मंगलबार, वैशाख १८, २०८१

बालेनले 'अदालतको आदेश मान्दिनँ' भनेपनि चल्यो हिन्दी फिल्म

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै फिल्म हल सञ्चालकले हिन्दी फिल्म चलाएका छन्। आज शुक्रबार नयाँ हिन्दी फिल्म लाग्नुपर्नेमा नयाँ कुनै फिल्म नआएपछि पुरानै फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरिएको छ।

triton college

नयाँ फिल्म नभएपछि अदालतको आदेश कार्यान्वयन गर्न पुरानै फिल्म पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ। अल्पकालीन आदेश दिँदै अदालतले यस विषयमा छलफल गर्न मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुवै पक्षलाई बोलाएको छ।

दक्षिण भारतीय फिल्म आदिपुरुष विवादमा आएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौं महानगरमा हिन्दी फिल्म चलाउन रोक लगाएका थिए। त्यसविरुद्ध अदालत गएका हल सञ्चालकको पक्षमा आदेश आएपछि हिन्दी फिल्म चलाइएको हो। मेयर बालेनले भने अदालतको आदेश आफूले नमान्ने र हिन्दी फिल्म चल्न नदिइने बताएका थिए।

 

प्रकाशित: Jun 23, 2023| 13:57 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्