बुधबार, वैशाख ३०, २०८३

क्यानले निलम्बन गर्‍यो नेपाल एयरलाइन्सका दुई पाइलट

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको फेला परेपछि नेवानिका दुई पाइलट क्यानको निलम्बनमा परेका  हुन्। 
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

National life

काठमाडौं– नेपाल एयरलाइन्सका दुई पाइटल निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको हो।

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलटको नाम भने खुलाएको छैन।

प्रकाशित: Jun 23, 2023| 13:33 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्