काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको तोलामा २५ रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य १ लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ। यसैगरी तेजाबी सुनको मूल्य १ लाख ९ हजार ९५० बाट घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला छ।