सोमबार, जेठ ७, २०८१

योगी आदित्यनाथको उपस्थितिमा १५०० जोडीले गरे एकसाथ विवाह

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

गोरखपुर- उत्तर प्रदेशमा मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत बिहीबार गोरखपुरमा भव्य विवाह समारोह आयोजना गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा १५०० जोडीले एउटै समारोहमा विवाह गरेका हुन्। 

triton college

मुख्यमन्त्री आदित्यनाथले गोरखपुरमा आयोजित समारोहमा विवाह बन्धनमा बाँधिने १५०० भन्दा बढी जोडीहरूलाई आफ्नो शुभकामना र आशीर्वाद दिएका छन्। उनले समाजलाई सशक्त बनाउन महिला विरुद्ध हुने अत्याचार रोक्नु पर्नेसमेत बताएका छन्। 

मुख्यमन्त्रीले समाजमा अहिले पनि व्यापक रूपमा प्रचलनमा रहेको दाइजो प्रथालाई उन्मूलन गर्न सामूहिक विवाह योजना प्रभावकारी भएकोमा जोड दिए। उनले भने, ‘दाइजो एक सामाजिक दुष्टता हो, दाइजोमुक्त विवाहको अभियानमा सिंगो समाज सहभागी हुनुपर्छ।'

मुख्यमन्त्री सामुहिक विवाह योजना राज्य सरकारले २०१७ देखि दुई लाख भन्दा बढी विवाहहरू गरेको दाबी गर्दै योगीले भने, 'सन् २०१७ भन्दा पहिले प्रत्येक जोडीको विवाहमा ३१ हजार रुपैयाँ खर्च गरिएको थियो; पछि यसलाई बढाएर ५१ हजार रुपैयाँ पुर्‍याइएको छ। यो डबल इन्जिन सरकारको सामूहिक प्रयास हो।'

'डबल इन्जिन' सरकार महिलाको सुरक्षा, सम्मान र सशक्तिकरणको ग्यारेन्टी गर्न समर्पित भएको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, 'राज्यमा छोरीहरूको जन्मदेखि स्नातकसम्मको शिक्षाका लागि ख्यमन्त्री कन्या सुमंगला योजना सञ्चालन भइरहेको छ। महिलाको सुरक्षा सुनिश्चित गर्न राज्यभर मिशन शक्ति सञ्चालन भइरहेको छ।'

corrent noodles
Metro Mart

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको डबल इन्जिन सरकारले महिलाको मर्यादा कायम राख्‍न र उनीहरूलाई सशक्तिकरण गर्न मिशन मोडमा काम गरिरहेको पनि मुख्यमन्त्री आदित्यनाथले बताएका छन्। मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अहिलेको सरकारले महिला समर्थक, ग्रामीण पक्षमा ध्यान केन्द्रित गरिरहेको छ। र गरीब समर्थक परियोजनाहरू अघि बढाइरहेको छ। आधा जनसङ्ख्याको सशक्तीकरणविना विकास असम्भव छ।' - एएनआई

प्रकाशित: Jun 22, 2023| 19:20 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्