बुधबार, वैशाख ३०, २०८३

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- सानिमा बैंक र ललितपुरको पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

National life

सो सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता पत्र अनुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ। सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।

संकलित सो रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो। सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।

प्रकाशित: Jun 22, 2023| 19:14 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्