बुधबार, वैशाख ३०, २०८३

सामसङ स्मार्टफोन मासिक किस्ताबन्दीमा किन्न सकिने

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- सामसङले शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधा उपलब्ध गराउने ‘इन्स्टा फाइनान्स’ कार्यक्रम सुरु गरेको छ।  सामसङ नेपालले हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको हो।

National life

यो योजनामा ग्राहकले ब्याजदर बिना मासिक किस्ताबन्दीमा सामसङका स्मार्टफोन खरिद गर्न सक्नेछन्। किस्ताबन्दी योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोनमा लागू हुनेछ।

सामसङले देशभरका २०० शोरुममा इन्स्टा फाइनान्सको सुविधा रहेको जनाएको छ। किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न चाहने ग्राहकले नागरिकताको प्रमाणपत्र, फोटो र आयस्रोत खुल्ने विवरण पेश गर्नुपर्नेछ। त्यसका साथै जमानीको नागरिकता पनि बुझाउनुपर्नेछ।

 

प्रकाशित: Jun 22, 2023| 18:50 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्