बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएमबाट झिक्न मिल्ने

इसेवामा रहेको रकम एभरेष्ट बैंकको एटीएमबाट झिक्न मिल्ने

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- इसेवाका प्रयोगकर्ताले अबदेखि इसेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन्। इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो।

National life

इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुनपर्ने कम्पनीले जनाएको छ। इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ‌ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्नेछन्। यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो। तर, अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुने बताइएको छ। यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको इसेवाले जनाएको छ।

‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौं। हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौं। तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिएपनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरूवात गरेका हौं,’ इसेवामा रहेको रकम एटीएम मार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौं र लागि नै रहनेछौं। जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिबद्ध छौं।’

यस्तै कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सीइओ विजयकुमार शर्माले भने- ‘एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ। यसै क्रममा इसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौं। इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटीएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ। हामी यो आशा गर्दछौं की यसले नेपालभर रहेका इसेवाका लाखौं प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ।’

 

प्रकाशित: Jun 22, 2023| 18:07 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्