काठमाडौं- यो वर्षभरि रिलिज भएका सफल नेपाली चलचित्रहरू डिशहोममा प्रदर्शन हुने भएको छ। विभिन्न कारणवश हलसम्म गएर मनपरेको चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न पाउने भएका हुन्।
प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरूले अत्यधिक रुचाएको चलचित्रहरू डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछन्।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ।