आइतबार, असार २८, २०८३

नेप्से परिसूचक ४.७५ अंकले उकालो लाग्यो

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- सेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्यमा ओरालो लागेको छ। 

कूल ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ। सो कम्पनीको रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ बराबरको कारोबार भएको छ। 

हिमालयन डिस्टिलरी १५ करोड दुई लाख ७६ हजार एक सय ८७, शिवम् सिमेन्ट १४ करोड ७५ लाख ४२ हजार एक सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स १३ करोड २३ लाख ५४ हजार सात सय ८७ र नागरिक लगानी कोष रू १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन्। 

नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ। यस्तै, सिटी होटलका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन्। सिटिजन म्युचुअल फण्ड पहिलो आठ दशमलव ४१, इन्गवा हाइड्रोपावर सात दशमलव ५३, नेष्डो समृद्धि लघुवित्त सात दशमलव १८, कालिका पावर कम्पनी छ दशमलव ९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ४६ प्रतिशतले गुमाएका छन्। 
 

प्रकाशित: Jun 22, 2023| 16:30 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्