सोमबार, जेठ ७, २०८१

अमेरिकी बैंकमा ब्याजदर थप बढ्ने सम्भावना

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

वाशिङ्टन- अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन्। 

triton college

बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरेपछि ब्याजदर स्थिर राख्ने पक्षमा अमेरिकी संसदमा मतदान गरेको केही समयपछि पावेल ‘हाउस’ र ‘सिनेट’समक्ष उपस्थित भएका हुन्। 

प्रतिनिधिसभाको वित्तीय सेवा सम्बन्धी समितिका लागि तयार पारिएको टिप्पणीमा उनले भने, 'एफओएमसीका प्रायः सबै सहभागीहरूले यस वर्षको अन्त्यसम्ममा ब्याज दरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने अपेक्षा गरेका छन्।' 

पावेलले बुधबार भने, 'फेडले मार्च २०२२ देखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई पाँच प्रतिशत अङ्कले बढाइसकेको छ, जुन शून्यको नजिकबाट ५.० देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ। तर यी आक्रामक कदमहरूको बावजुद, मुद्रास्फीति फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा ‘धेरै माथि’ रहेको छ।'

मौद्रिक नीतिमा फेडको अर्धवार्षिक प्रतिवेदनमाथि छलफल गर्न अमेरिकी संसदसमक्ष उहाँको निर्धारित उपस्थितिले नीति निर्माताहरूलाई उच्च ब्याज दर र सुस्त आर्थिक वृद्धिको समयमा बैंकका सबैभन्दा वरिष्ठ अधिकारीलाई प्रश्न गर्ने मौका दिनेछ।  

corrent noodles
Metro Mart

ब्याज दरको निर्णयसँगै यस वर्ष थप आधा प्रतिशत बिन्दुको वृद्धि आवश्यक हुन सक्ने सुझाव दिएको फेडले जुन १४ मा अद्यावधिक आर्थिक पूर्वानुमान पनि प्रकाशित गरेको थियो।फेडले सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको प्रक्षेपणलाई मार्चमा ०.४ प्रतिशतबाट बढाएर १.० प्रतिशत पुर्‍याएको छ।

यस वर्षको औसत मुद्रास्फीतिको अपेक्षा ३.२ प्रतिशतमा झरेको छ भने अस्थिर खाद्य र ऊर्जा मूल्यहरू समावेश नगर्ने आन्तरिक मुद्रास्फीतिको प्रक्षेपण वार्षिक ३.९ प्रतिशतको दरले वृद्धि भएको फेडले जनाएको छ।

प्रकाशित: Jun 21, 2023| 19:46 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्