शुक्रबार, पुस ४, २०८२

रुसको बारुद कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

मस्को- रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा अरु दुई जना घाइते भएका छन्।

National life

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो। विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।

‘मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यद्यपि त्यहाँ कुनै हताहती भने भएन’ ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन्।

उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि खतरा नरहेको बताएका छन्। दुर्घटना बारे छानबिन भइरहेको छ।   -सिन्ह्वा

प्रकाशित: Jun 21, 2023| 18:22 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्