बिहीबार, साउन ७, २०८३

पीपीएल : काठमाडौंलाई जितका लागि १५० रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत चितवन राइनोजले काठमाडौं रोयल्सलाई जितका लागि १ सय ५० रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ४९ रन बनाएको हो । 

चितवनका लागि हरिशंकर साहले अर्धसतकीय पारी खेले । उनले ४९ बल खेल्दै पाँच चौका र तीन छक्काको मद्दतमा ६० रन जोडेका हुन् । स्मित पटेले ३१ रन जोडे । उनले २४ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ३१ रन जोडेका हुन् । 

त्यस्तै अनिल कुमार साहले २७, कप्तान खड्काले १४ र सन्नी पटेलले १३ रन जोडे । काठमाडौंका लागि बसन्त रेग्मीले दुई विकट लिदा, नन्दन यादव र पवन सराफले समान एक एक विकेट लिए ।

पारस खड्का कप्तान रहेको चितवनका लागि काठमाडौंविरुद्धको खेल निकै नै महत्वपूर्ण रहेको छ । ३ खेल खेलिसकेको चितवनलाई प्ले अफमा स्थान बनाउन काठमाडौंलाई हराउनै पर्नेछ । 

किनकी चितवनले ३ खेलमा मात्र १ जित निकालेर २ अंक जोडेको छ । चितवन लिगको चौथो स्थानमा छ । यता, काठमाडौं लगातार तेस्रो जितको खोजीमा हुनेछ । काठमाडौं अघिल्ला २ खेलमा जित हात पार्दै ४ अंक जोडेर तेस्रो स्थान रहेको छ । चितवनलाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा सहज बन्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।