बिहीबार, कात्तिक २७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • महानगरभित्र हिन्दी चलचित्रमा रोक लगाउने निर्णयविरुद्ध अदालत गए सिनेमाघर सञ्चालक

महानगरभित्र हिन्दी चलचित्रमा रोक लगाउने निर्णयविरुद्ध अदालत गए सिनेमाघर सञ्चालक

महानगरभित्र हिन्दी फिल्म चलाउन नदिने बालेनको निर्णय कानुन विपरीत रहेका दाबी गर्दै हल सञ्चालक पुगे अदालत।
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– महानगरभित्र हिन्दी चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेन साहको निर्णयविरुद्ध हल मालिकहरुले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। नेपाल चलचित्र संघको अगुवाइमा हल मालिकले अदालतमा रिट दर्ता गरेका हुन्। 

काठमाडौं महानगरका मेयर बालेनले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका छन्।

बालेनको निर्णय कानुन विपरीत रहेका दाबी गर्दै फिल्म हल सञ्चालक अदालत गएका हुन्। उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश मागेका छन्। अदालतले रिटमा बिहीबारका लागि पेशी तोकेको छ।

प्रकाशित: Jun 21, 2023| 16:40 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्