आइतबार, साउन १८, २०८२

वाणिज्य बैंकहरुमा एकै दिन थपियो ६ अर्ब निक्षेप

बैंक तथा वित्तीय संस्थामा ३ असारसम्म कुल ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।
 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं– वाणिज्य बैंकहरुमा २ असारमा ४९ खर्ब ११ अर्ब रहेको निक्षेप एकै दिन ६ अर्बले बढेर ३ असारमा ४९ खर्ब १७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो एक दिन ३ असारमा मात्रै वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। 

बैंक तथा वित्तीय संस्थामा ३ असारसम्म कुल ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ, जसमध्ये ४९ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंक रहेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर निक्षेप थपिदै जादा कर्जा प्रवाह न्यू देखिएको छ। पछिल्लो एक दिनमै बैंक तथा वित्तीय संस्थाले १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएका छन्। 

बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.८८ प्रतिशतमा आइपुगेको छ। यो भनेको कर्जा लगानी सुस्त हुनु हो। अन्तरबैंक सापटीको ब्याजदर घट्दै गएको देखिएको छ। ३ असारसम्म अन्तरबैंक सापटीको ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ।

प्रकाशित: Jun 21, 2023| 13:01 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्